विराट कोहलीको बायोपिक फिल्म गर्दै रामचरण - Crazysaptahik.com

विराट कोहलीको बायोपिक फिल्म गर्दै रामचरण

ओस्कारको सर्वश्रेष्ठ मौलिक गीत विधामा जितेपछि तेलुगू फिल्म ‘आरआरआर’को विश्वव्यापी चर्चा भइरहेको छ । यो जितपछि अभिनेता रामचरणलाई ‘ग्लोबल आइकन’को रुपमा हेरिएको छ ।

ओस्कार सकेर स्वदेश फर्किएलगत्तै उनले एक महत्वपूर्ण खुलासा गरेका छन् । उनी खेलकुदसँग सम्बन्धित एक उत्कृष्ट फिल्म बनाउने योजनामा छन् । उनले भारतीय क्रिकेटर विराट कोहलीको बायोपिक फिल्म गर्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इन्डिया टुडे कन्क्लेभमा रामचरणलाई आगामी फिल्मबारे प्रश्न सोधिएको थियो । यसबारे जवाफ दिंदै उनले खेलकुदसँग सम्बन्धित फिल्म गर्न चाहेको बताए । के तपाईं विराट कोहलीको भूमिकामा काम गर्न चाहुनुहुन्छ भनेर मिडियाले सोधेका थिए ।

यसमा रामचरणले तुरुन्तै जवाफ दिए र भने– बिल्कुल, विराट कोहली एक प्रेरणा हुन् । यदि मलाई मौका मिल्यो भने म उनको बायोपिक अवश्य गर्नेछु । म पनि उनी जस्तै देखिन्छु ।’रामचरणको यस्तो भनाइपछि विराट कोहलीको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी ‘नाटु नाटु’ गीतको हुक स्टेप गरिरहेको देखिन्छन् ।

यो भिडियो भारत र अष्ट्रेलियाबीचको पहिलो ओडीआई खेलको हो । कन्क्लेभको क्रममा रामचरणले ओस्कार समारोहमा नृत्य नगरेकोमा आफ्नो मौनता तोडे । आफूले स्टेजमा प्रस्तुति दिन चाहेको तर ओस्कार समितिले आफूलाई सम्पर्क नगरेको उनले बताए ।

तर पनि कार्यक्रममा आफ्नो गीत प्रस्तुत भएकोमा उनी खुसी छन् । त्यस क्रममा रामचरणले नाटु नाटु गाउने अभ्यास गरेको विषयमा पनि बताए । यो गीत छायांकन गर्न १२ दिन लागेको उनले बताए । उनले लगातार सात दिन यो गीतको अभ्यास गरे । जसकारण उनको घुँडा दुख्न थाल्यो ।

सम्बन्धित खवर