मिस नेपालको देशव्यापी अडिसन सकियो, अन्तिम २७ सुन्दरी घोषणा गरिने - Crazysaptahik.com

मिस नेपालको देशव्यापी अडिसन सकियो, अन्तिम २७ सुन्दरी घोषणा गरिने

मिस नेपाल २०२३ को देशव्यापी अडिसन सकिएको छ । इटहरीदेखि सुरु अडिसन आइतबार काठमाडौंमा आयोजना भयो । सातै प्रदेशमा भएका अडिसनमा २५० जनाले आवेदन दिएको द हिडन ट्रेजरले जानकारी दिएको छ ।

तीमध्येबाट २७ जना छानिनेछन् । उनीहरुलाई बुधबारदेखि सुरु हुने तालिममा सहभागी गराइनेभएको छ । यीमध्येबाट २४ जना अन्तिम प्रतिस्पर्धीले ग्राण्ड फिनालेमा भाग लिनेछन् ।

हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारका अनुसार छानिएका २७ सुन्दरी काठमाडौं आएर तालिममा सहभागी हुनेछन् । ४५ दिनसम्म सञ्चालन हुने तालिममा मेकअप, स्टाइल,   हिंड्ने, बोल्ने, प्रस्तुतीकरण, व्यक्तित्व विकास, सञ्चारसम्बन्धी कौशलबारे तालिम दिइने भएको छ ।

अन्तिम प्रतिस्पर्धीको सार्वजनिक घोषणा भने चैत १७ गते हुने स्यास सेरेमोनीमा गरिने भएको छ । जेठ १३ गते ललितपुर गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा यसवर्षको मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले आयोजना हुँदैछ ।

सम्बन्धित खवर