सर्टओभर क्यामेरा प्रणालीबाट नेपालमा गरियो हिन्दी फिल्म ‘भिटी १३’को छायांकन - Crazysaptahik.com

सर्टओभर क्यामेरा प्रणालीबाट नेपालमा गरियो हिन्दी फिल्म ‘भिटी १३’को छायांकन

नेपालमै पहिलोपटक सटओभर क्यामेरा प्रणाली प्रयोग गरेर एक हिन्दी फिल्मको छायांकन भएको छ । वरुण तेज र मानुषी छिल्लरको शीर्ष भूमिका रहेको फिल्म ‘भिटी १३’को ले केही दिनअघि नेपालका रमणीय स्थानमा छायांकन गरिएको हो ।

सोनी पिक्चर्स इन्टरनेसनल र रेनेसान्स पिक्चर्सको ब्यानरमा निर्माण भएको सत्य घटनामा आधारित फिल्मलाई शक्तिप्रताप सिंह हाडाले निर्देशन गरेका छन् । नेपालमै पहिलोपटक हिमाल र उपत्यकाको इमर्श सट लिन सटओभर क्यामेरा प्रणाली प्रयोग गरिएको लाइन प्रोड्युसर फुर्वा शेर्पाले जानकारी दिए ।

गतिशील सटका लागि यो क्यामेरा प्रणाली उपयुक्त हुने टेलिभिजन कार्यक्रम निर्माता तथा फिल्म निर्देशक समेत रहेका शेर्पाले बताए । सर्टओभर क्यामेरा भारतको हैदरवादका सिनेम्याटोग्राफर शैकत चक्रवर्तीले सञ्चालन गरेका थिए भने फिल्मको भिजुअल इफेक्ट्स बलिउड र दक्षिण भारतीय फिल्ममा सुपरभाइजरको काम गरेका दुर्गाप्रसाद केठाले गरेका छन् ।

केठाले ‘बाहुबली’का दुवै शृंखला, आराआरको ‘नाटु नाटु’ गीत, राधेश्याम, आचार्य लगायत फिल्ममा भीएफएक्स सुपरभाइजर र भीएफएक्स कलाकारको रुपमा काम गरिसकेका छन् ।

यो क्यामेरा प्रणालीबाट यसअघि ‘फास्ट एण्ड फ्युरियस’, टपगन : माभेरिक जस्ता हलिउड फिल्महरु खिचिसकिएको छ ।‘भिटी १३’ को लाङटाङ उपत्यका र जुगल हिमाल क्षेत्रमा एक हप्तासम्म छायांकन गरिएको हो । छायांकनमा हेलिकप्टरको समेत प्रयोग गरिएको छ ।

सम्बन्धित खवर