मुकुन भुसाल र मेनुका प्रधान अभिनित फिल्म ‘गणपति’ जेठ ५ मा - Crazysaptahik.com

मुकुन भुसाल र मेनुका प्रधान अभिनित फिल्म ‘गणपति’ जेठ ५ मा

आगामी जेठ ५ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘गणपति’ले पोस्टर सार्वजनिक गरेको छ । भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने शैलीमा डिजाइन गरिएको पोस्टरमा शीर्ष कलाकारद्वय मुकुन भुसाल र मेनुका प्रधान चित्रित छन् ।

भगवान गणेशको अनुहार अंकित मुकुण्डो लगाएको एक पात्रलाई पोस्टरमा चित्रण गरिएको छ । निर्देशक सविन अधिकारीले फिल्मले समाजको चरित्रलाई दर्शाउने बताए ।

उनले भने, ‘कोही व्यक्ति कुनैबेला त्यही समाजको भगवान बन्छ भने सोही व्यक्तिलाई हाम्रै समाजले नारकीय व्यवहार गर्छ । त्यसकै वरपर फिल्मको कथा घुमेको छ ।’ निर्देशनसँगै लेखन पनि अधिकारीको छ ।

मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय छ ।

‘गणपति’ नाम धार्मिक सुनिएपनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताए । ‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने अभिनेता भुसालले बताए ।

फिल्मको शीर्ष भूमिका पनि उनले निर्वाह गरेका छन् । छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो । बिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको फिल्मलाई हरिबहादुर घलेको खिचेका हुन् । गीतमा अनिश अधिकारीले शब्द तथा संगीत छ ।

सम्बन्धित खवर