‘धोकेबाज’ गीत विवादमा शिव परियारले भने– चोरी वा कभर गरेर गाएका होइनौं - Crazysaptahik.com

‘धोकेबाज’ गीत विवादमा शिव परियारले भने– चोरी वा कभर गरेर गाएका होइनौं

गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’ गीतमा आफूले जस लिन खोजिरहेको भन्ने विवादमा औपचारिक प्रष्टीकरण दिएका छन् । सामाजिक सञ्जालबाट मंगलबार विज्ञप्ति जारी गर्दै उनले गीतमा विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘चोरी, चाकरी वा कभर गरेर हामी कसैले पनि गीत गाएका होइनौं । यस गीतलाई मेल, फिमेल र चाइल्ड भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक–गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक–गायिका हुन् ।

यस विषयमा विवाद गर्नुपर्ने कुनै आधार र आवश्यकता मैले देखेको छैन ।’ उक्त गीतका आधिकारिक स्रष्टा र संगीतकार सुवास कार्की रहेको समेत उनले उल्लेख गरेका छन् । उनले जस लिन खोजिएको भन्ने विवादलाई ‘अप्राकृतिक कन्ट्रोभर्सी’ आकर्षित गर्ने प्रयास भएको बताएका छन् ।

पछिल्लो समय एलिना चौहानले गाएको उक्त गीतको फिमेल भर्सन व्यापक हिट भएपछि शिवले आफ्नो स्वरमा रहेको मेल भर्सन आफ्नै भएको भन्दै एक टीभीमा अन्तर्वार्ता दिएका थिए । उक्त अन्तर्वार्तापछि शिव विवादमा तानिएका थिए ।

युट्युबमा भेटिएको भिडियोका अनुसार एक वर्षअघि यो गीतको मेल र फिमेल भर्सन एकैपटक रेकर्ड भएको देखिएको छ । तर फिमेल भर्सन चाहिं युट्युबमा पहिले रिलिज भएको देखिन्छ ।

सम्बन्धित खवर