हलिउड फिल्ममा चम्किँदै तेन्जिङ नोर्गे शेर्पाका नाति - Crazysaptahik.com

हलिउड फिल्ममा चम्किँदै तेन्जिङ नोर्गे शेर्पाका नाति

तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरे । उनै आरोही शेर्पाका नाति अब हलिउड फिल्मसँग जोडिएका छन् । २१ वर्ष लागेका शेर्पाका नाति तेन्जिङ नोर्गे ट्रेइनरलाई यतिबेला हलिउडमा भ्याइनभ्याइ छ ।

आगामी मार्च २९ मा एनी अवार्ड विजयी हलिउड वेब–श्रृंखला ‘एबोमाइनेबल एण्ड द इनभिजिबल सिटी’ विश्वचर्चित ओटीटी प्लेटफर्महरु हुलु र पिककमा प्रिमियर हुँदैछ । यो हलिउड सिरिजमा उनले आफ्नो आवाज दिएका छन् । हलिउड स्टुडियो ड्रिमवक्र्सले सिरिजको आकर्षक ट्रेलर सार्वजनिक गरेको छ ।

सन् २०१९ मा रिलिज भएको सगरमाथामा यति खोज्ने कथावस्तुमा आधारित ‘एबोमाइनेबल’मा पनि नोर्गेले अभिनय गरेका छन् । हुन त १० वर्षको उमेरमै उनले डिज्नी स्टुडियोको लोकप्रिय सिरिज ‘लिभ एण्ड म्याडी’मा पनि अभिनय गरेका थिए ।

उनले यतिबेला क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा बिजनेस मार्केटिङ डिग्रीमा अध्ययन गरिरहेका छन् ।गत जुलाइमा उनले नेटफ्लिक्सको चर्चित सिरिज ‘बू एण्ड बीच’मा अभिनय गरेका थिए ।

सम्बन्धित खवर