ज्याकी चानको फिल्म ‘न्यु पुलिस स्टोरी २’ बन्ने, रिलिज अर्को वर्ष - Crazysaptahik.com

ज्याकी चानको फिल्म ‘न्यु पुलिस स्टोरी २’ बन्ने, रिलिज अर्को वर्ष

गत मंगलबार फिल्ममार्ट मार्केटले विश्वविख्यात मार्सल आर्ट अभिनेता ज्याकी चानलाई प्रस्तुत गरेको थियो, जहाँ उनले आफ्नो आगामी फिल्म ‘न्यु पुलिस स्टोरी २’ को औपचारिक घोषणा गरे । च्यान स्वयंको शीर्ष भूमिका रहने फिल्मलाई उनी आफैंले निर्माण गर्नेछन् ।

यसका लागि उनले हङकङका अभिनेता, मार्शल आर्टिस्ट, गायक, गीतकार, पपस्टार र हार्टथ्रोब निकोलस त्सेसँग निर्माणमा सहकार्य गर्दैछन् । त्सेले यो फिल्मबाटै निर्देशनमा डेब्यु गर्दैछन् ।

फिल्मको शीर्षकले भनेजस्तै यो फिल्म चान अभिनित सन् १९८० ताकाको लोकप्रिय फिल्म ‘पुलिस स्टोरी’को नयाँ श्रृंखला हुन् । उक्त फिल्ममा चानलाई हङकङको प्रहरीको रुपमा ड्रग्स मालिक र भ्रष्टाचारसँग लडिरहेको पात्रको रुपमा चित्रण गरिएको छ ।

गोल्डेन हार्वेस्ट ब्यानर अन्तर्गत निर्मित फिल्म ‘पुलिस स्टोरी’ (१९८५) र पुलिस स्टोरी २ (१९८७) लाई चानको करिअरको दुई सबैभन्दा सफल र लोकप्रिय फिल्ममध्ये मानिन्छ । जसमा चानका केही उत्कृष्ट र सबैभन्दा विस्तृत एक्सन दृश्य प्रस्तुत गरिएको थियो ।

चानले आगामी श्रृंखलामा पनि लागूऔषध माफिया र भ्रष्टाचारविरुद्ध लड्ने पात्रको भूमिका निर्वाह गर्नेछन् । सन् १९९२ को फिल्म ‘सुपरकप’मा चान र हालै मात्र ओस्कार अवार्ड जितेकी अभिनेत्री मिसेल योहले मिलेर काम गरेका थिए ।

पुनः पुलिस स्टोरीकै सिक्वेल गर्न लागेकोप्रति उत्साह व्यक्त गर्दै अभिनेता चानले यी सिरिजले आफूलाई कसरी स्टारडम दिलाए र विश्वव्यापी सफलता हासिल गरे भन्ने कुरालाई सेयर गरेका छन् ।

नयाँ पुलिस स्टोरीलाई उक्त मौलिक फिल्मको सिक्वेलको रुपमा अथ्र्याइएको छ । नयाँ पुलिस कथाले मौलिक फ्रेन्चाइजसँग थोरै सम्बन्ध राख्छ, एक्सनमा बढी र मौलिक शृङ्खलाका हास्य तत्वमा कम ध्यान केन्द्रित गर्छ ।

अभिनेता चान अहिले भेनेगार्ड, विस ड्रागन, गुड नाइट बेइजिङ र अल यु निड इज लभमा व्यस्त छन् । सन् २०२३ मा चानका तीन फिल्म प्रदर्शन तयारीमा छन् । न्यु पुलिस स्टोरी २ सन् २०२४ मा रिलिज हुने तयारीमा रहेको हङकङका सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.