कपिललाई करिनाले सोधिन्, ‘रोमान्टिक हुनुहुन्छ ?’ भने – दुई सन्तान डाउनलोड गरेका त हैनौँ नि’ - Crazysaptahik.com

कपिललाई करिनाले सोधिन्, ‘रोमान्टिक हुनुहुन्छ ?’ भने – दुई सन्तान डाउनलोड गरेका त हैनौँ नि’

भारतीय हास्य कलाकार कपिल शर्माको सेन्स अफ ह्युमर निकै राम्रो छ । हालै उनी करिना कपुरको शो ‘ह्वाट वुमन वान्ट’ मा उपस्थित भएका थिए । यहाँ पनि कपिलले आफ्नो कमेडीले माहौललाई निकै राम्रो पारिदिए ।

कपिलको रोचक जवाफ सुनेर करिनाले आफ्नो हाँसो रोक्न सकिनन् । कपिलले करिनाको शोमा आफ्नो गोप्य कुरा पनि खोले । कुराकानीकै क्रममा करिनाले उनलाई एउटा यस्तो प्रश्न सोधिन् जसको जवाफ कपिलले निकै रोचक दिएका छन् ।

करिनाले कपिललाई ‘तपाईँ रोमान्टिक हुनुहुन्छ ?’ भनेर सोधेकी थिइन् । यसको जवाफमा कपिलले भने, ‘दुई सन्तान छन्, हामीले डाउनलोड त गरेका हैनौँ, हो त ?’कपिलको कुरा सुनेर करिनाले आफ्नो हाँसो रोक्न सकिनन् ।

उक्त कार्यक्रममा कपिलले आफ्ना सन्तानबारे पनि कुरा गरे । उनले आफ्नी छोरी निकै फन्नी भएको बताए । छोरीबारे उनी भन्छन्, ‘मेरी छोरी असाध्यै फन्नी छिन् । मलाई सबै महिला फन्नी लाग्छ । बच्चाहरु यत्तिको ओभर स्मार्ट हुन्छन् भन्ने थाहा थिएन । ’

कपिलले आफ्नो भाइरल ट्विटमा पनि जोक गरे । उनले केही वर्ष अघि नशामा हुँदा उक्त ट्विट लेखेको बताएका थिए । उनी भन्छन्, ‘यो ट्विटरमा भएको चरासँग मेरो कहिल्यै भेट भएको छैन । तर यसले मेरो सबै होस् उडाइदिएको छ ।’

सम्बन्धित खवर