ब्युटिसियन ट्यालेन्टका लागि १३ जना छनौट - Crazysaptahik.com

ब्युटिसियन ट्यालेन्टका लागि १३ जना छनौट

‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२३’ पाँचौं श्रृँखलाको काठमाडौँमा पहिलो अडिसन सम्पन्न भएको छ । अडिसनबाट अन्तिम प्रतिस्पर्धाको लागि १३ जना छनौट भएका छन् । अडिसनमा राजधानी र मोफसलबाट विभिन्न व्युटिसियनहरु सहभागी भएका थिए ।

छनौट हुनेमा मनिषा श्रेष्ठ, प्रमिला दर्नाला (पुजा), श्वेता मगर श्रेष्ठ, दीपा श्रेष्ठ, आयुषा खड्का, मन्दिरा श्रेष्ठ, रजनी खड्का, सञ्जिना सितिखु, सुनिता प्रजापति मानन्धर, पुनम साउद, संगीता सुवेदी, प्रनिशा डंगोल र उर्मिला मानन्धर रहेका छन् ।

अडिसनमा अभिनेत्री पल्पसा डँगोल, अग्रज व्युटिसियन अनिता खड्का रायमाझी, लायन्स सुरेन्द गिरी, ब्युटिसियन ट्यालेन्ट गायिका तथा सञ्चारकर्मी सरिता भारती र कस्मेटिक विज्ञ परिषी कारंजित निर्णायक रहेका थिए ।

नेपालका व्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा उजार गर्ने उदेश्यसहित बिगत ६ वर्षदेखि आयोजना हुँदै प्रतियोगीता रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले आयोजना गर्दै आएको हो ।

प्रतियोगिताको दोश्रो अडिसन अगामी १० गते आयोजना हुनेछ । २८ चैतमा एक भब्य समारोहका बीच प्रतियोगीताको विजेता छानिनेछ । विजेताले काठमाडौं बैंकक काठमाडौंको तर्फबाट ५० हजार रुपैयाँ बराबरका हवाई टिकट लगायत बिभिन्न गिफ्ट प्राप्त आयोजक संस्थाकी सोनी कारँजितले बताइन् ।

सम्बन्धित खवर