टिकटकमा भाइरल भइरहेको ‘पिरती बस्यो’ गीतमा अभिनय गर्ने नायिका श्वेता गौतम कस्ती भइन् ? - Crazysaptahik.com

टिकटकमा भाइरल भइरहेको ‘पिरती बस्यो’ गीतमा अभिनय गर्ने नायिका श्वेता गौतम कस्ती भइन् ?

‘पिरती बस्यो, सुस्तरी सुस्तरी मनमा, बैँसले हो कि, छोएको मेरो यो तनमा हेर्दामा पनि सरम लाग्ने, हेर्दामा पनि सरम लाग्ने, के भयो मलाई, लौन के भयो मलाई । ’ टिकटकमा अहिले यो गीत निकै भाइरल भइरहेको छ । विशेष गरी युवा पुस्तामाझ ।

युवा –युवती धेरैलाई यो गीतमा राम्रो कोरियोग्राफीसहित नाचिरहेको देख्न सकिन्छ । यसो गर्नाले पुरानो गीत अहिले चर्चामा आइरहेको छ भने पुराना गीत कति सुन्दर छन् भनेर युवापुस्तालाई पनि अवगत गराइरहेको छ ।

यो गीत फिल्म ‘जन्म जन्म’ को हो । गीतमा भारतीय गायिका साधना सरगमको स्वर रहेको छ भने कोरियोग्राफी राजु शाहले गरेका हुन् । यो गीतमा शब्द शीतल नेपालको रहेको छ, सङ्गीत शुभ बहादुरले भरेका छन् ।

हाई टेक इन्टरटेन्मेन्टले आफ्नो युट्युब च्यानलमा राखेको यो गीतको म्युजिक भिडियोमा हालसम्म १८ लाख भ्यु रहेको छ । यो गीतमा धेरैले कमेन्ट पनि गरेका छन् । कमेन्टमा टिकटकमा यो गीत देखेपछि कस्तो रहेछ भनेर हेर्न आएको भनेर धेरैले लेखेको छ ।

यस्तै एक जनाले टिकटकले पुरानो गीत खोजी खोजी हेर्न बाध्य पा¥यो भनेर पनि लेखेका छन् ।यस्तै कतिले भने त्यति बेलाको जस्तो सुमधुर गीत अहिले किन बन्न छोडे भनेर चिन्तासमेत व्यक्त गरिरहेका छन् । एक जनाले कमेन्टमा लेखेका छन्, ‘जति सुने पनि नअघाउने ती पुराना गीतहरू साँच्चै सुन्दर र सदाबहार सृजना हो ।’

गीतमा अभिनय नायक सरोज खनाल र नायिका श्वेता गौतमको रहेको छ । सरोज खनाल अहिले पनि नेपाली सिने क्षेत्रमा सक्रिय छन् । यस्तै कतिलाई श्वेता गौतम को हुन् भन्ने थाहा नहुन सक्छ ।

कजधभतबज्ञश्वेता गौतम भारतीय अभिनेत्री हुन् । उनी भारतमा अभिनयमा नै सक्रिय छिन् । उनी भारतीय टिभी सिरियलकी चर्चित अभिनेत्री हुन् । उनले केही हिन्दी फिल्ममा पनि अभिनय गरेकी छिन् ।

उनले सन् १९९४ मा ‘जन्म जन्म’मा अभिनेत्रीको रूपमा काम गरेकी थिइन् भने त्यसपछि सन् २००० मा फिल्म ‘सन्त ज्ञानेश्वर’ र सन् २००४ ‘सौ झुट एक सच’मा अभिनय गरेकी थिइन् ।

उनको भारतीय टेलिश्रृङ्खलाको यात्रा सन् १९९७ देखि सुरु भएको हो । त्यति बेलादेखि अहिलेसम्म उनले ५० भन्दा बढी टेलिश्रृङ्खलामा काम गरिसकेकी छिन् ।

श्वेताले ‘जिन्दगी मेरे घर आना’ र ‘निमा डेन्जोङ्पा’ जस्ता शोमा अभिनय गर्न पाउनुलाई सौभाग्य बताएकी छिन् । उनले आफ्नो इन्स्टाग्राम प्रोफाइलमा यही कुरा लेखेकी छिन् ।

सम्बन्धित खवर