‘नाईं नभन्नू ल ६’ मा अनुभव र योगिशाको जोडी - Crazysaptahik.com

‘नाईं नभन्नू ल ६’ मा अनुभव र योगिशाको जोडी

‘नाईं नभन्नू ल ६’ आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउने बताइएको फिल्म हो । फिल्मको एउटा गीत र टिजर सार्वजनिक भइसकेको छ । जसले फिल्म प्रति दर्शकको ध्यान खिच्न सफल भएको छ ।

यस्तैमा प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको अहिले काठमाडौँस्थित पशुपति क्षेत्रमा केही भागको छायांकन भैरहेको छ । जसमा कलाकार अनुभव रेग्मी र ‘प्रेमगीत ३’ की बाल कलाकार योगिशा खत्रीले अभिनय गरिरहेका छन् ।

फिल्मको छायांकन स्थलबाट सार्वजनिक भएको केही तस्बिरमा पनि अनुभव र योगिशासँगै देखिएका छन् । तस्बिर अनुसार फिल्ममा अनुभव र योगिशा जोडीको रुपमा देखिने बताइन्छ । पाँचौ श्रृखलासम्म दर्शकले रुचाएको ब्राण्ड हो ‘नाईं नभन्नू ल’ ।

विकासराज आचार्यद्वारा निर्देशित फिल्मको दुई श्रृखलाबाट जोडिएका अनुभव यो श्रृखलामा पनि छुटेका छैनन् । फिल्ममा अनुभव र योगिशाको अलवा आँचल शर्मा, आशिर्वाद क्षेत्री, प्रियंका कार्की, सरोज खनाल, केकी अधिकारीको पनि अभिनय छ ।

सम्बन्धित खवर