नगरकोटमा धमाधम खिचिँदै फिल्म ‘जाँड’ - Crazysaptahik.com

नगरकोटमा धमाधम खिचिँदै फिल्म ‘जाँड’

राजु शाह (राजेन्द्र) को निर्देशनमा फिल्म ‘जाँड’ निर्माण हुने भएको छ । केही दिन अगाडि काठमाडाँमा सम्पन्न निफ फिल्म फेष्टिभलमा शुभ–मुर्हूत गरिएको फिल्मको अहिले नगरकोटोका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा बालकलाकार सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका रहनेछ । तीनै कलाकारले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

सानबी, पदम र कमलाको अलवा फिल्ममा मन्जु श्रेष्ठ, सुवास गजुरेल, लक्ष्मी तिमिल्सेना लगायतको अभिनय रहनेछ । जाँडले समाजमा कस्तो बदनाम हुन्छ । घरमा कस्तो असर पर्छ ।

जाँड खाने पुरुषलाई श्रीमती, छोरी लगायतले हेर्ने दृष्टिकोण कस्तो रहन्छ भन्ने कुरो गहिरिएर फिल्ममा देखाइने निर्देशक शाहले बताए । ‘२२ दिनको छायांकन सेडुलसहित सुरु भएको फिल्मको नगरकोट आसपासको स्थानमै सकिनेछ’ शाहले थपे ।

शाहले केही अगाडि नमस्ते नेपाल भन्ने फिल्म निर्देशन गरेका थिए । शाह नेपाली चलचित्र क्षेत्रका चर्चित नृत्य निर्देशक पनि हुन् ।

सम्बन्धित खवर