‘पुष्पा २’ को पटकथा पुनर्लेखन, अजय र सलमानमध्ये एक बलिउड स्टार भित्रिने - Crazysaptahik.com

‘पुष्पा २’ को पटकथा पुनर्लेखन, अजय र सलमानमध्ये एक बलिउड स्टार भित्रिने

तेलुगू फिल्म ‘पुष्पा : द राइज’ रिलिज भएको झण्डै दुई वर्ष भइसकेको छ । यसको दोस्रो शृंखलाको दर्शकहरुले प्रतीक्षा गरिरहेका छन् ।  सुुकुमार निर्देशित एक्सन ड्रामा ‘पुष्पा’को दोस्रो शृंखला ‘पुष्पा : द रुल’मा अल्लु अर्जुन, रश्मीका मन्दाना र फहद फासिलले शीर्ष भूमिकामा अभिनय गर्दैछन् ।

भारतीय सञ्चारमाध्यम इ–टाइम्सका अनुसार सुकुमारले ‘पुष्पा २’मा एक जना प्रख्यात बलिउड ए–लिस्टर अभिनेतालाई कास्ट गर्ने तयारी गरेका छन् । यसका लागि ‘पुष्पा २’ को पटकथा पुनर्लेखन गरिएको जनाइएको छ ।

सम्भवतः सलमान खान वा अजय देवगणमध्ये एक अभिनेता फिल्ममा भित्रिनेछन् । तर यसको औपचारिक पुष्टि भएको छैन । एक वर्षअघि अभिनेता मनोज बाजपेयीलाई फिल्मको लागि अफर गरिएको खबर थियो ।

तर ‘फेमिली म्यान’ अभिनेताले उक्त खबरलाई झुठो भन्दै खण्डन गरेका थिए । यसैबीच, हालैको एक मिडिया रिपोर्टका अनुसार पुष्पा २ को छायांकन यसै महिनाको अन्त्यमा बैंग्लोरमा पुनः सुरु हुनेछ ।

फिल्मको दोस्रो श्रृंखला अल्लु अर्जुन र फहद फासिलबीचको आमनेसामनेमा केन्द्रित हुनेछ, जसलाई ‘पुष्प : द राइज’को अन्त्यमा प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खवर