तेस्रो पटक पिता बने पाकिस्तानी गायक आतिफ असलम - Crazysaptahik.com

तेस्रो पटक पिता बने पाकिस्तानी गायक आतिफ असलम

पाकिस्तानी अभिनेता तथा गायक आतिफ असलम छोरीको पिता बनेका छन् । आतिफ आफैँले यो खबर आफ्ना प्रशंसकमाझ साझा गरेका छन् । आतिफ र उनकी श्रीमती सारा भरवानाले आफ्नो तेस्रो सन्तानलाई स्वागत गरेका छन् ।

अभिनेताले छोरीको सुन्दर तस्बिर इन्स्टाग्राममा सेयर गरेका छन् । तस्बिरमा छोरी सुतिरहेको देख्न सकिन्छ । फोटो सेयर गर्दै गायकले क्याप्सनमा लेखे, ‘अन्ततः प्रतीक्षा समाप्त भएको छ । हाम्रो मनको नयाँ रानी आइपुगेकी छिन् ।’ उनले थपे, ‘बेबी र सारा दुवै ठिक छन् ।

हलिमा आतिफ असलमको तर्फबाट रमजान मुबारक ।’ आतिफ र सारले छोरीको नाम हलिमा राखेका छन् । प्रशंसक र सेलिब्रिटी आतिफ र साराकी छोरीको आगमनमा बधाई दिइरहेका छन् ।

आतिफ र साराको विवाह सन् २०१३ मा भएको थियो । हलिमा अघि आतिफ असलमका दुई छोरा छन् । उनको जेठो छोराको नाम अब्दुल अहद र कान्छोको नाम आर्यन असलम छ ।

सम्बन्धित खवर