निर्देशक समाजको अध्यक्ष उठ्ने जनकदिपको घोषणा - Crazysaptahik.com

निर्देशक समाजको अध्यक्ष उठ्ने जनकदिपको घोषणा

नेपाली चलचित्रका निर्देशकहरुको छाता संगठन नेपाल चलचित्र निर्देशक समाजको १५ औं महाधिवेशन शनिबार राजधानीमा आयोजना हुँदैछ । केहि अगाडि संघकी अध्यक्ष रक्षासिंह राणाको अध्यक्षतामा बसेको संघको बैठकले अधिवेशनको मिति तय गरेको हो ।

अधिवेशन मिति नजिकिएसँगै अध्यक्ष पदमा जनकदीप पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना केही एजेन्डासहित अध्यक्ष पदमा आफुले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

संघको विभिन्न पद हुँदै हाल संघको महासचिव पदमा कार्यरत उनले संघबाट हासिल गरेको अनुभव संघको हितमा लगाउन अध्यक्ष उठ्न लागेको बताएका छन् ।

संस्थालाई बैद्धिक तथा श्रृजनात्मक रुपमा अगाडि बढाउने, संस्थालाई डिजिटल प्रबिधि मैत्री रुपमा सञ्चालन गर्ने, आफ्ना सदस्यको हकहितका खातिर काम गर्ने, अक्षयकोष सञ्चालन गर्ने, मास्टर क्लास गर्ने, अधुरा र अपुरा काम गर्ने लगायत एजेन्डामा उठाएका छन् ।

पराजुली लामो समयदेखि फिल्म, म्युजिक भिडियो र विज्ञापन चलचित्र निर्देशनमा सक्रिय रहँदै आएका छन् ।

सम्बन्धित खवर