‘जोन वीक च्याप्टर ४’ आजबाट नेपालमा रिलिज - Crazysaptahik.com

‘जोन वीक च्याप्टर ४’ आजबाट नेपालमा रिलिज

आजबाट हलिउड फिल्म ‘जोन वीक च्याप्टर ४’ रिलिज भएको छ । नेपालका मल्टिप्लेक्स हलबाट फिल्म प्रदर्शनमा आएको हो । फिल्म नेपाल रिलिज अधिकार सिंंहदेवी प्रोडक्सनले लिएको छ ।

नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा ‘जोन वीक ४’ को राइट्स खरिद गरेको सिंहदेवी प्रोडक्सनका सञ्चालक जुनिम गहतराजले बताए । केइनु रिभ्स स्टारर फिल्म विश्वभरका दर्शकमाझ निकै प्रतिक्षित छ ।

रिलिज अगाडि फिल्मको पूर्व युकेमा गरिएको प्रिमियरमा पनि निकै राम्रो प्रतिक्रिया मिलेको थियो । जसको कारण पनि यो फिल्म दर्शक माझ निकै प्रतिक्षित बनेको हो ।

फिल्म भारत, चिन, युके र अमेरिकी बक्स अफिसमा उछाल ल्याउने अपेक्षा छ । फिल्म चाड स्थेलेस्कीले निर्देशन गरेका हुन् ।

सम्बन्धित खवर