पशुपतिनाथ परिसरबाट सुरु भयो ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायाङ्कन - Crazysaptahik.com

पशुपतिनाथ परिसरबाट सुरु भयो ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायाङ्कन

दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ को छायाङ्कन सुरु भएको छ । केही दिन अगाडि शुभ–मुर्हूत गरिएको फिल्मको आज शुक्रबारबाट छायाङ्कन सुरु भएको हा ।

पशुपतिनाथको परिसरमा अभिनेता विपिन कार्कीको पहिलो सट खिच्दै निर्माण युनिटले फिल्मको छायाङ्कन सुरु गरेको हो ।विपिन कार्की अलावा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सौगात मल्ल, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय फिल्म रहनेछ ।

टुकी आर्ट्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन सेडुल ३० दिन बताइन्छ ।आउँदो वर्षको दसैँमा रिलिज हुने बताइएको फिल्ममा विपिन कार्की शीर्ष भूमिका छन् । उनले ‘भष्मे डन’ को रूपमा अभिनय गर्ने बताइएको छ । हिट फिल्म ‘पशुपति प्रसाद’ का सिक्वेलको रूपमा निर्माण हुन लागेको फिल्म खगेन्द्र लामिछानेले लेखेका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.