एलिना र हेमन्तले ल्याए देउडा गीत ‘मायाले नै हो रैछ’ - Crazysaptahik.com

एलिना र हेमन्तले ल्याए देउडा गीत ‘मायाले नै हो रैछ’

पछिल्लो समय धोकेबाज गीतबाट चर्चित गायिका एलिना चौहान र गायक हेमन्त शर्माको युगल गायन रहेको गीत ‘मायाले नै हो रैछ’ सार्वजनिक भएको छ । देउडा शैलीमा निर्माण भएको गीतले सुन्दर सुदूरपश्चिमको झल्को समेत दिन्छ ।

हरि उप्रेतीको शब्द रहेको गीतमा तृप्ति खड्काको सङ्गीत छ । समारिका ढकाल र विजय पुनको अभिनय गीतको भिडियोमा देख्न सकिन्छ । रुपेश थापाको छायाङ्कन रहेको भिडियो निकेश खड्काले निर्देश गरेका हुन् । भिडियोका सम्पादन विकास धमला रहेका छन् ।

सम्बन्धित खवर