फिल्म ‘जारी’ ट्रेलर : पतिपत्नीबीचको सम्बन्धमा आउने दरार र जारीप्रथाको कथा - Crazysaptahik.com

फिल्म ‘जारी’ ट्रेलर : पतिपत्नीबीचको सम्बन्धमा आउने दरार र जारीप्रथाको कथा

वैशाख १ गतेदेखि रिलिजको तयारीमा रहेको फिल्म ‘जारी’को ट्रेलर रिलिज भएको छ । दयाहाङ राई, मिरुना मगर र रोयदीपको शीर्ष भूमिका रहेको फिल्ममले लिम्बू समुदायमा रहेको जारीप्रथाको कथा प्रस्तुत गर्छ ।

फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ र मिरुना पतिपत्नीको भूमिकामा हुन्छन् तर समय अघि बढ्दै जाँदा उनीहरुको सम्बन्धमा दरार आउँछ र मिरुनाको हात रोयदीपले थाम्छन् ।

ट्रेलरमा त्रिपक्षीय संघर्षलाई चित्रण गरिएको छ । रामबाबु गुरुङ निर्माता रहेको ‘जारी’मा विजय बराल, कमलमणि नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङलगायतको पनि अभिनय छ ।

सम्बन्धित खवर