‘बिहेपास’को ट्रेलर : विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई कटाक्ष - Crazysaptahik.com

‘बिहेपास’को ट्रेलर : विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई कटाक्ष

दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको सोसल ड्रामा ‘बिहेपास’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरले नेपाली समाजमा व्याप्त विवाह परम्पराको एक पाटोलाई चित्रण गर्छ ।

विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई कटाक्ष गर्ने फिल्मको ट्रेलर मुख्य पात्र दयाहाङ वरपर घुम्छ । विवाह गर्नैको लागि लोकसेवाको परीक्षा दिएर सरकारी सेवामा नाम निकाल्न मुख्य पात्रले गर्ने तिकडम र संघर्षको कथा फिल्मले पेस गर्छ ।

फिल्ममा दयाहाङ र प्रकृतिले दम्पतीको भूमिका निर्वाह गरेका छन् । दयाहाङको एकपछि अर्को झुट खुल्दै जाँदा दाम्पत्य जीवनमा आउने उतारचढावलाई ट्रेलरले चित्रण गर्छ । शिशिर बाङदेल, बुद्धि तामाङ र रविन्द्र झाको समेत महत्वपूर्ण भूमिका छ ।

प्रवेश पौडेलको निर्देशन र रोजन श्रेष्ठको निर्माण रहेको फिल्म वैशाख १ गते प्रदर्शन हुँदैछ । सोही मितिमा दयाहाङकै अर्को फिल्म ‘जारी’ पनि प्रदर्शन हुने तयारीमा छ ।

सम्बन्धित खवर