फिल्म ‘बुलाकी’को गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज - Crazysaptahik.com

फिल्म ‘बुलाकी’को गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज

अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन’ रिलिज भएको छ । गीतमा नरेन, सुरक्षा र डेब्यु अभिनेता विराज बिष्टबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ ।

सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ । टोपेन्द्र विष्टले निर्माण गरेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । वैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्ममा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईं, प्रकाश कँडेल र सरस्वती खत्रीको पनि अभिनय छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा मोती बिष्टको प्रस्तुति रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा राजबहादुर सानेको कथा छ । डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा फिल्म खिचिएको हो ।

सम्बन्धित खवर