अभिनेत्री बेनिशा हमाल निर्देशित फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक - Crazysaptahik.com

अभिनेत्री बेनिशा हमाल निर्देशित फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक

अभिनेत्री बेनिशा हमालको निर्देशनमा ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक भएको छ । वर्षा राउत र विवेक सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म उनकै होम प्रोडक्सन मौरी पिक्चर्सको व्यानरमा निर्माण भएका हो ।

अभिनयको लामो अनुभव ‘मिसिङ ब्राइड’ निर्माणमा खन्याएको बेनिशाले बताइन् । ‘यो मेरो पहिलो भएपनि आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु’ उनले भनिन् । बेनिशाको अभिनय रहेको पछिल्लो फिल्म ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ ।

फिल्ममा उनले पत्रकारको भूमिका निर्वाह गरेकी छन् । जसको समेत तारिफ भएको छ । ‘स्वर’बाट अभिनेत्रीका रूपमा डेब्यू गरेकी बेनिशाले १२ फिल्म अभिनयपछि निर्देशनमा ‘डेब्यू’ गरेकी हुन् । उनले भारतबाट निर्देशक कोर्ष समेत गरेकी छन् ।

उनकै लेखन रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ । फिल्ममा कार्यकारी निर्माता केदार भुसाल हुन् । फिल्म सिनेमा घर एपबाट सार्वजनिक भएको हो ।

सम्बन्धित खवर