होटल रुवान्डाका ‘हिरो’ रिहा हुने - Crazysaptahik.com

होटल रुवान्डाका ‘हिरो’ रिहा हुने

हलिउड फिल्म ‘होटल रुवान्डा’मा नायकको भूमिकामा देखिएका पूर्व होटल म्यानेजर पल रुसेसबागिना किगालीको जेलबाट रिहा हुने भएका छन् । दुई वर्षअघि रुवाण्डाको एक अदालतले उनलाई आतंकवादको अभियोगमा २५ वर्षको जेल सजाय सुनाएको थियो जसलाई समर्थकहरूले झुटो मुद्दा भनेका थिए।

एक सरकारी प्रवक्ताले रुसेसबागिनाको सजाय ‘राष्ट्रपतिको आदेशबाट घटाइएको’ बताए । ६८ वर्षीय रुसेसबागिनालाई सन् १९९४ मा भएको नरसंहारमा करिब १२०० मानिसलाई बचाउने श्रेय दिइन्छ।

रुसेसबगिनलाई रिहा गर्न कतारले मध्यस्थता गरेको कूटनीतिक दबाब र वार्ताका लागि लामो समय लागेको थियो । उनको परिवारका अनुसार रुवान्डा सरकारले उनलाई स्थायी बसोबास रहेका टेक्सासबाट प्रलोभनमा पारेर रुवान्डा फर्काइएको थियो ।

उनी सन् २०२० मा रुवान्डा फर्किएका थिए । रुसेसबागिनाले सन् १९९६ मा रुवान्डा छोडेका थिए । बेल्जियमको राजधानी ब्रसेल्समा ट्याक्सी चालकको रूपमा काम गर्दा उनको कथा एक दशकसम्म अज्ञात रह्यो।

यो नरसंहारको बारेमा पत्रकार फिलिप गोरेभिचको सन् १९९८ को पुस्तकको एक भागमा चित्रित गरिएको थियो । सन् २००४ मा डन चेडलद्वारा अभिनित हलिउड चलचित्र पछि उनीबारे विश्वव्यापी ध्यान खिचेको थियो ।

रुवान्डा नरसंहार अप्रिल १९९४ देखि १०० दिनसम्म चलेको थियो । त्यति बेला ८ लाख मानिसहरू, प्रायः टुत्सी जातीय समूहका, लाई हुतु समुदायका चरमपन्थीहरूले मारेका थिए।

सम्बन्धित खवर