सुटिङका क्रममा घाइते भए अक्षय - Crazysaptahik.com

सुटिङका क्रममा घाइते भए अक्षय

अक्षय कुमार स्कटल्याण्डमा टाइगर श्रौफसँग फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङ गरिरहेका छन् । अक्षय र टाइगर पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । मिडिया रिपोर्टका अनुसार अक्षय कुमार फिल्मको सेटमा सुटिङको क्रममा घाइते भएका थिए ।

तर, अक्षयलाई धेरै चोट लागेन र केही समय ब्रेक लिएर सेटमा फर्किएका छन् । अक्षयको घुँडामा चोट लागेको बताइएको छ । अहिले अक्षयले घुँडाको ब्रेस लगाएका छन् । अहिले टिमले अक्षय कुमारको एक्सन सिन स्थगित गरेको छ ।

तर, सुटिङको समयतालिका पूरा गर्न स्कटल्याण्डमा क्लोज–अप र अन्य दृश्य छायाङ्कन भइरहेको छ। सोनाक्षी सिन्हा फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा अक्षय र टाइगरसँगै देखिनेछिन् । फिल्मका निर्देशक अली अब्बास जफर हुन् ।

चलचित्रलाई वासु भगनानी, दीपशिखा देशमुख र हिमांशु किशन मेहराले निर्माण गरेका हुन् । दुवै कलाकार आफ्नो एक्शन दृश्यका लागि परिचित छन् । जसका कारण फिल्ममा रोमाञ्चक एक्सन दृश्य पनि हुने अपेक्षा गरिएको छ ।

अक्षय कुमार पछिल्लो पटक फिल्म ‘सेल्फी’ मा देखिएका थिए । यो फिल्म मलयालम फिल्म ’ड्राइभिङ लाइसेन्स’ को रिमेक थियो।

यस फिल्ममा इमरान हाश्मी, नुसरत भरुचा र डायना पेन्टीले पनि अभिनय गरेका छन् । यस वर्ष अक्षय ‘ओएमजी २’, ‘वीर दौडले सात’, ‘क्याप्सुल गिल’, ‘हेरा फेरी ३’ र ‘जोली एलएलबी ३’ जस्ता फिल्ममा देखिनेछन् ।

सम्बन्धित खवर