‘हेरिटेज पेजेन्टस् २०२३’ को तयारी सुरु - Crazysaptahik.com

‘हेरिटेज पेजेन्टस् २०२३’ को तयारी सुरु

विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’ को नयाँ संस्करण सुरु भएको छ । आयोजक ईप्लानेट सिंगापुरले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ संस्करणको तयारी सुरु भएको हो ।

आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने प्रतियोगिताको अध्यक्षमा इ–प्लानेट नेपालका सन्तोष सापकोटा र कोरियोग्राफर रोजिन शाक्य रहनेछन् । आवेदन समेत खुल्ला गरिएको प्रतियोगिताको सञ्चालन भारतका सिमरन दिन्ज आहुजा र नेपालका रोजिन शाक्यले गर्दै छन् ।

सुसान सनफुर्मी कोहले कार्यक्रम संयोजक रहेको प्रतियोगितामा मिस तर्फ १८ देखि २७ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर समूहकाले सहभागिता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए ।

हेरिटेज पेजेन्ट एउटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । जसले शान्ति, वातावरण, पर्यटन, संस्कृति र सबै भन्दा माथि विश्वव्यापी सम्पदालाई विश्वव्यापी परिप्रेक्ष्यबाट प्रवर्द्धन गर्ने प्रयास गर्दछ ।

‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवर्द्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ई–प्लानेट नेपालको आयोजना यो प्रतियोगिता पहिलो पटक २०१४ मा नेपालमा आयोजना गरिएको हो ।

प्रतियोगिताको दोस्रो संस्करण सन् २०१५ मा भारतको नयाँ दिल्ली, तेस्रो संस्करण सन् २०१६ मा श्रीलङ्का, चौथौँ संस्करण सन् २०१९मा सिंगापुर तथा पाँचौँ संस्करण सन् २०२२ मा मलेसियामा आयोजना भएको थियो ।

सम्बन्धित खवर