‘जोकर २’को छायांकन सेटबाट बाहिरियो लेडी गागाको लुक्स - Crazysaptahik.com

‘जोकर २’को छायांकन सेटबाट बाहिरियो लेडी गागाको लुक्स

बहुप्रतीक्षित हलिउड फिल्म ‘जोकर २’ को छायांकन सेटबाट एक्सक्लुसिभ तस्वीर बाहिरिएको छ, जसमा लेडी गागाको पहिलो झलक देख्न सकिन्छ । सन् २०१९ को हिट फिल्म ‘जोकर’को दोस्रो श्रृंखलाको एक महत्वपूर्ण भूमिकामा गागालाई प्रस्तुत गरिएको छ ।

फिल्ममा हार्ली क्वीन पात्रको भूमिकामा उनलाई देख्न सकिन्छ । ‘जोकर : फोलाइ अ ड्युक्स’ नाम दिइएको दोस्रो श्रृंखलाको छायांकन यतिबेला अमेरिकाको न्युयोर्क र न्युजर्सी क्षेत्रमा भइरहेको छ । छायांकन सेटबाट गागाको कस्ट्युम र क्यारेक्टर लुक्स सार्वजनिक भएको छ, जसले फ्यानको मन जितिरहेको छ ।

‘जोकर’पछि डीसी युनिभर्सले आमूल परिवर्तन गरिरहेको छ । ज्याक्वीन फिनिक्सको शीर्ष भूमिका रहेको जोकर २ लाई लिएर विश्वभर व्यापक पर्खाइ छ ।

यसको अघिल्लो सिक्वेलले एक बिलियन डलरभन्दा बढी कमाइ गरेको थियो भने नेपाली बक्स अफिसमा झण्डै डेढ करोड रुपैयाँ कमाइ गरेको थियो । ‘जोकर २’ सन् २०२४ को अक्टोबर ४ मा रिलिज हुनेछ ।

 

 

सम्बन्धित खवर