स्मृति इरानी भन्छिन्, ‘एकतालाई देखाउनुपरेको थियो गर्भपतनको प्रमाण, यदि भ्रूण बाँचेको भए, त्यो पनि ल्याउँथे’ - Crazysaptahik.com

स्मृति इरानी भन्छिन्, ‘एकतालाई देखाउनुपरेको थियो गर्भपतनको प्रमाण, यदि भ्रूण बाँचेको भए, त्यो पनि ल्याउँथे’

भारतकी केन्द्रीय मन्त्री स्मृति इरानीले टिभी सिरियल ‘क्यूंकी सास भी कभी बहू थी’ को सुटिङका क्रममा गर्भपात भएको खुलासा गरेकी छन् । तर त्यसको भोलिपल्ट नै उनलाई सुटिङमा बोलाइएको बताइन् ।

एक अन्तरवार्तामा स्मृतिले यसबारे खुलासा गरेकी छिन् । । यसलाई शनिवार युट्युबमा अपलोड गरिएको छ । स्मृतिका अनुसार उनीसँग काम गर्ने सह–कलाकारहरूले निर्माता एकता कपूरलाई गर्भपतनको कुरा झुट हो भनेर कान भरेका थिए ।

त्यसको जवाफमा स्मृति भोलिपल्ट मेडिकल रिपोर्ट लिएर एकताकहाँ गइन् । उनले एकतालाई आफ्नो भ्रूण बाँचेको भए त्यसलाई पनि प्रमाणको रूपमा ल्याउँथे भनेर भनिन् ।

स्मृति दुई सिफ्टमा काम गर्थिन्

केन्द्रीय मन्त्री तथा ‘क्यूंकी सास भी कभी बहू थी’ फेम स्मृति इरानी हालै नीलेश मिश्रको अन्तरवार्तामा देखिइन् । यस क्रममा उनले आफ्नो टिभीको समयका केही नभनिएका कुराहरू खुलासा गरिन् ।

उनका अनुसार उनी दुई सिफ्टमा काम गर्थिन् । बिहानको सिफ्टमा रामायणका लागि काम गर्थिन् भने रातीको सिफ्टमा ‘क्यूंकी सास भी कभी बहू थी’ का लागि सुटिङ गर्थिन् । यति नै बेला उनी गर्भवती भइन् र यति नै बेला उनले मानवताको एउटा पाठ सिकिन् ।

सुटिङबाट फर्किने क्रममा रगत बग्न थाल्यो

अन्तरवार्तामा स्मृतिले भनिन्, ‘मलाई त्यति बेला म गर्भवती भएको थाहा थिएन । त्यो बेला म सिरियलको सेटमा थिएँ । मैले शोका निर्मातालाई आफ्नो अवस्था ठिक नभएको बताएँ, त्यसैले घर जान चाहेको बताएँ ।

यति हुँदा हुँदै पनि उनीहरुले मलाई जान नदिएसम्म काम गरिरहेँ । म घर जाँदा बेलुका भइसकेको थियो ।’ ‘डाक्टरले सोनोग्राफी गराउन सल्लाह दिए । बिच बाटोमै रक्तस्राव हुन थाल्यो । मलाई याद छ, त्यति बेला पानी परिरहेको थियो । मैले अटो चालकलाई छिट्टै अस्पताल लैजान भने ।’

गर्भपतन भएको भोलिपल्टै सुटिङमा बोलाए

अन्तरवार्तामा स्मृतिले थपिन्, ‘जब म अस्पताल पुगेँ, एक नर्स दौडिएर आएर अटोग्राफ मागिन् । मैले उनलाई मलाई भर्ना गर्न भनेँ किनभने मेरो गर्भपतन भएको हो कि भन्ने मलाई लागिरहेको थियो । ’

त्यसको भोलिपल्ट स्मृतिलाई ‘क्यूंकी सास भी कभी बहू थी’ को प्रोडक्सन टिमबाट फोन आयो र सुटिङमा आउन भनियो । त्यति बेला स्मृतिले भनिन्, ‘मैले तपाईँलाई भनेको थिएँ कि मेरो गर्भपतन भयो र मेरो स्वास्थ्य अहिले ठिक छैन । ’ उताबाट जवाफ आयो, ‘कोही पनि छैन, २ बजेको सिफ्टमा आउनुहोस् ।’

रवि चोपडाले मात्रै सहानुभूति देखाए

स्मृतिले भनिन्, ‘सास भी कभी बहू थी’ मा म बाहेक अन्य ५० पात्र थिए, तर रामायणमा मैले सीताको भूमिका गरिरहेको थिएँ त्यसैले त्यसमा मेरो कुनै विकल्प थिएन ।’यद्यपि, त्यति बेला रवि चोपडाले निकै सहानुभूति देखाएको उनले बताइन् ।

स्मृतिले रविलाई आफ्नो समस्या बताउँदै ‘७ बजेको सिफ्टमा एक घण्टा ढिला आउन सक्छु’ भनेर अनुरोध गरिन् । जवाफमा रविले भने, ‘तिमी पागल भयौ, एउटा बच्चा गुमाउँदा कस्तो महसुस हुन्छ ? भोलि नै आउन कुनै जरुरी छैन ।’

सम्बन्धित खवर