रिमेकमा आयो कालजयी गीत ‘झरनाको चिसो पानी’ - Crazysaptahik.com

रिमेकमा आयो कालजयी गीत ‘झरनाको चिसो पानी’

पुरानो गीत ‘झरनाको चिसो पानी’ रिमेक भर्सनमा आएको छ । सुरेश अधिकारीको स्वरमा रहेको यो गीत सगरमाथा डिजिटल प्रा.लिले रिमेक गरेर नयाँ भर्सनमा ल्याएको हो । नयाँ भर्सनमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन् ।

गीतको सङ्गीत संयोजन योगेस काजी शाहले गरेका छन् ।सुरेश अधिकारीको शब्द र निरज कुमार सुनारको सङ्गीत गीतमा छ । ‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो’, कम्पन सगरमाथाका अध्यक्ष हिरा केसी भने ।

गीतको भिडियो भने कुलेखानी आसपासका स्थानमा छायाङ्कन भएको छ । अनिल के मानन्धरको निर्माण रहरेको भिडियो अभिनेता पुष्प खड्का र ललिना चिमरियाले अभिनय छ ।

सम्बन्धित खवर