भिनुमाले जितिन् यस वर्षको मिस लिम्बूको उपाधि - Crazysaptahik.com

भिनुमाले जितिन् यस वर्षको मिस लिम्बूको उपाधि

भिनुमा पाहिम लिम्बू यस वर्षकी मिस लिम्बू घोषित भएकी छन् । काठमाडौंमा आयोजित सौन्दर्य प्रतियोगितामा भिनुमाले सन् २०२३ को मिस लिम्बूको उपाधि जितिन् । काजल सेलिङ लिम्बू फस्ट रनरअप र मुना चेम्जोङ लिम्बू सेकेण्ड रनरअप घोषित भइन् ।

विजेता बनेसँगै भिनुमले एक लाख रुपैयाँ नगद र हङकङ भ्रमणको अवसर प्राप्त गरेकी छन् । ग्राण्ड फिनालेमा अभिनेता सुनिल थापा लगायत अतिथिले विजयी सुन्दरीहरुलाई पुरस्कार र उपाधि प्रदान गरे ।

याक्थुङ युथ एसोसिएसनले प्रतियोगिता आयोजना गरेको हो । फिनालेमा एकदेव लिम्बू लगायत कलाकारले गायकी प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर