पोडकास्ट ल्याउने घोषणा गर्दै भक्कानिए शिव श्रेष्ठ, ४० वर्षको कहानी सुनाउने - Crazysaptahik.com

पोडकास्ट ल्याउने घोषणा गर्दै भक्कानिए शिव श्रेष्ठ, ४० वर्षको कहानी सुनाउने

पछिल्लो समय कलाकार धमाधम पोडकास्टतर्फ आकर्षित भएजस्तो देखिन्छ । केही महिनाअघि अभिनेता निखिल उप्रेतीले समबोधीको ज्ञान बाँड्न पोडकास्ट चलाउने तयारीमा रहेको बताएका थिए । निखिल चाँडै युट्युब च्यानलबाट पोडकास्ट चलाउने तयारीमा छन् ।

निखिललाई पछ्याउँदै पाका अभिनेता शिव श्रेष्ठले पनि पोडकास्ट चलाउने घोषणा गरेका छन् । ‘शिव दाइ पोडकास्ट’को टिजर सार्वजनिक गर्दै शिवले पोडकास्टलाई चाँडै दर्शकमाझ ल्याउने जनाएका छन् ।

ट्रि–मिडिया नामक संस्थासँग मिलेर आफूले कार्यक्रम चलाउन लागेको उनले बताए । फिल्म अभिनयमा बिताएको चार दशक लामो अनुभवलाई पोडस्काटमार्फत दर्शकमाझ बाँड्ने शिवको योजना छ । टिजरमा पनि शिव अभिनित फिल्मका पोस्टर समावेश गरिएको छ ।

शिव टिजरमा बोल्दा बोल्दै भक्कानिएका छन् । उनको आँखामा आँसु छचल्किएको देखिन्छ । उनी भन्छन्, ‘रोकेर रोक्न सकिनँ मैले । जुन मैले कलाकार भएर जन्म लिएँ, तपाईंले बनाइदिनुभयो ।

त्यो सम्झिंदा मलाई कस्तो लाग्छ भने मलाई बनाउने तपाईंहरु नै हो । तपाईंहरुले शिव श्रेष्ठ नाम त दिनुभयो मलाई । जीवनमा के के भयो । त्यो सबै म भन्न चाहन्छु ।’

उक्त पोडकास्टमार्फत दर्शकले आफूलाई अझै गहिराइमा बुझ्न सक्ने उनले बताएका छन् । चाँडै पत्रकार सम्मेलनमार्फत पोडकास्टको औपचारिक घोषणा गर्ने शिवको तयारी छ ।

https://youtu.be/kjGxIYfLpZE

सम्बन्धित खवर