‘काली काली’ मा सामरिकासँग गजित र गम्भीरको रोमान्स - Crazysaptahik.com

‘काली काली’ मा सामरिकासँग गजित र गम्भीरको रोमान्स

गायक राजेशपायल राईको स्वर रहेको गीत ‘काली काली’ सार्वजनिक भएको छ । टी.एन आचार्यको शब्द, लक्ष्मण पोख्रेलको संगीत गीतमा छ । गीतको भिडियोमा गजित विष्ट, गम्भीर बिष्ट र सामारिका ढकालको अभिनय देख्न सकिन्छ ।

गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा कोरियोग्राफर हुन् । गजितले चलचित्रमा हिरोको रुपमा समेत काम गरिसकेका छन् । सम्बन्धले यी दुई दाजुभाइ पनि हुन् ।

लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा अभिनय गरेका हुन् । सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोमा विकास नेपालको कोरियोग्राफी रहेको छ । दिनेश पराजुलीको छायांकन रहेको छ ।

सम्बन्धित खवर