बलिउड यी सुपरस्टार–जसले सुरु गरेका थिए फ्लप फिल्मबाट करियर - Crazysaptahik.com

बलिउड यी सुपरस्टार–जसले सुरु गरेका थिए फ्लप फिल्मबाट करियर


बलिउडमा यस्ता धेरै स्टार छन्, जसले अभिनयको बलमा लामो समयदेखि फिल्म उद्योगमा राज गरिरहेका छन् । तीमध्ये कतिपय कलाकार यस्ता पनि छन्, जसको सुरुवाती फिल्म सुपर फ्लप भएको थियो । अहिले चर्चा ती ४ सुपरस्टारका गर्न खोजिएको छ जसको डेब्यु फिल्म फ्लप थियो ।

सलमान खान

सलमान खान बलिउडका सुपरस्टार हुन । अहिले उनको हरेक फिल्मले बक्स अफिसमा सय करोड बढी व्यापार गर्छ । यद्यपि दबंगको नामबाट समेत चिनिने खानको डेब्यू फिल्म ‘बीबी हो तो ऐसी’ फ्लप भएको थियो । फिल्ममा उनीसँगै रेखा पनि थिइन् ।

अक्षय कुमार

बलिउड अभिनेता अक्षय कुमारलाई एक्सन हिरोको रूपमा चिनिन्छ । उनले बलिउडमा धेरै हिट फिल्म दिएका छन् । उनको बलिउड डेब्यु फिल्म ‘सौगन्ध’ थियो । जुन फ्लप साबित भएको थियो ।

अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चनको पनि पहिलो फिल्म फ्लप भएको थियो । उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ हो । लामो समयदेखि बलिउडमा रहेका उनले धेरै सुपर हिट फिल्म दिएका छन् । अमिताभ ८० वर्षका भइसकेका छन्, तर अझै पनि फिल्ममा सक्रिय छन् ।

रणवीर कपुर

बलिउडका चर्चित ह्यान्डसम अभिनेता रणबीर कपुर पछिल्लो समय व्यस्त पनि छन् । हालै उनको फिल्म ‘तु झुठी मै मक्कार’ रिलिज भएको थियो ।

फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको छ । रणवीरको डेब्यू फिल्म सावरिया नराम्ररी फ्लप भएको थियो । फिल्ममा उनीसँगै सोनम कपुर र रानी मुखर्जीको पनि रहेका थिए ।

सम्बन्धित खवर