भ्वाइस किड्समा चारै कुर्सी घुमाउन सफल प्रतिस्पर्धी कुन कोचको टिममा कति ? - Crazysaptahik.com

भ्वाइस किड्समा चारै कुर्सी घुमाउन सफल प्रतिस्पर्धी कुन कोचको टिममा कति ?

टेलिभिजन रियालिटी शो भ्वाइसको संरचनाअनुसार चारैवटा कुर्सी घुमाउन सक्ने प्रतिस्पर्धीलाई अरुभन्दा केही अब्बल मानिन्छ । भ्वाइसको यो हेर्नलायक शैली पनि हो, जसले गर्दा यसलाई अरुभन्दा पृथक तुल्याएको छ । चारै कुर्सी घुमाउने ट्यालेन्टलाई आफ्नो टिममा लिन कोचबीच प्रतिस्पर्धा पनि चल्छ ।

जसले गर्दा भ्वाइस ट्यालेन्टभन्दा पनि कोचबीचको प्रतिस्पर्धा हो । भ्वाइस किड्स नेपालको जारी संस्करणमा कोचहरुबीच ट्यालेन्टलाई तान्न नोकझोंक पनि देख्न सकिन्छ । अहिले भ्वाइस किड्समा ब्लाइण्ड अडिसन चलिरहेको छ र यो चरण आगामी सातादेखि सकिनेछ । एक कोचको समूहमा १२ जना हुने गरी कोचले टिम निर्माण गर्नेछन् ।

पछिल्लो चरणसम्म कोच मिलन नेवारको समूहमा सबैभन्दा बढी चारै कुर्सी घुमाउन सफल चार जना ट्यालेन्ट छन् । कोच प्रमोद खरेल र सुशान्त केसीको समूहमा ३–३ जना र कोच प्रविशाको समूहमा एक जना चारै कुर्सी घुमाउन सफल ट्यालेन्ट अटाएका छन् ।

चारैवटा कुर्सी घुमाउनेलाई समूहमा राख्दा जितिन्छ भन्ने निश्चित नभएपनि यसले जिततर्फ धकेल्न चाहिं मद्दत गर्छ । जसले गर्दा पनि कोचबीच ‘फो चेयर टन्र्ज’लाई ल्याउन मरिहत्ते चल्छ ।ब्लाइन्ड राउण्ड आगामी शुक्रबार र शनिबार सकिने तयारीमा छ । त्यसपछि ब्याटल राउण्ड सुरु हुने जनाइएको छ ।

सम्बन्धित खवर