रिलिज मिति तोक्दै फिल्म ‘कैदीको पत्र’को गीत सार्वजनिक - Crazysaptahik.com

रिलिज मिति तोक्दै फिल्म ‘कैदीको पत्र’को गीत सार्वजनिक

आगामी वैशाख १५ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘कैदीको पत्र’ले पहिलो गीत रिलिज गरेको छ । ‘मेरो दिलको तालमा’ बोलको गीतलाई सुरेश सेन्चुरीले कम्पोज गरेका हुन् ।

प्रताप दास र सुबानी मोक्तानको स्वर समावेश गीतलाई सनमकुमार बैरागले लेखेका हुन् ।गीतको भिडियोमा शीर्ष कलाकारहरु कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारसको अभिनय छ ।

गीतको अंग्रेजी लाइन निखिल गोतामेले लेखेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक सनमकुमार बैरागले बताए ।

फिल्मको छायांकन स्कटल्याण्डमा गरिएको हो । कुनाल र म्याडिसनको साथमा सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ ।

दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् । रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ ।

सम्बन्धित खवर