फिल्म ‘हुक्का’ को रिलिज जेठमा - Crazysaptahik.com

फिल्म ‘हुक्का’ को रिलिज जेठमा

फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’ नयाँ वर्षको जेठ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति बाहिर ल्याएको हो ।

स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा निर्माण गरेको फिल्म शम्भु थापाले निर्देशन गरेका हुन् । फिल्ममा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक लगायतको अभिनय छ ।

फिल्ममा प्रयत्न श्रेष्ठ संगीत, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् ।

फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछन् । फिल्म सस्पेन्स बिषयमा निर्माण भएको हो ।

सम्बन्धित खवर