‘यस्तो एउटा संसार’ मा ध्रुव दत्त र रोजिनाको रोमान्स - Crazysaptahik.com

‘यस्तो एउटा संसार’ मा ध्रुव दत्त र रोजिनाको रोमान्स

गायिका सुनिता थेगिम र गायक गंगाराज राईको स्वर रहेको ‘यस्तो एउटा संसार’ बोलको गीत सार्वजनिक भएको छ । गायक गंगाराजकै संगीत रहेको गीतका शब्द जानु काम्बाङ लिम्बुको रहेको छ ।

गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।अभिनेता ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको गीतको भिडियोले एक प्रेमील जोडीको रोमाञ्चिक प्रेम कहानी देखाउन खोजेको छ ।

कुशल श्रेष्ठको निर्देशन रहेको भिडियो सुमन पुनले निर्माण गरेकी हुन् । भिडियोको छायांकन तथा सम्पादन निर्देशक श्रेष्ठ आफैले गरेका हुन् । भिडियोमा दीपिका श्रेष्ठको कोरियोग्राफी रहेको छ ।

सम्बन्धित खवर