के सौगात र सृष्टिबीच भयो ब्रेकअप ? - Crazysaptahik.com

के सौगात र सृष्टिबीच भयो ब्रेकअप ?

अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्लले केही समय अगाडि विवाह गर्ने चर्चा थियो । कोरोना महामारी नभित्रिएको भए सम्भवतः २०७७ सालमै यो जोडी विवाह बन्धनमा बाँधिन सक्थे ।

दुवैले मिडियामा केही समयको प्रेम विवाहमा परिणत गर्न लागेको बताएका थिए । तर अहिले यी दुबैबीच ब्रेकअप भएको हल्ला छ । यतिबेला सृष्टि परिवारसँग यूकेमा छिन् भने सौगात नेपालमै छन् ।

सृष्टिले सौगातसँगका तस्बिरहरू आफ्नो इन्स्टाग्रामबाट समेत हटाएको देख्न सकिन्छ । केही अगाडिसम्म दुवैको तस्बिर सृष्टिका इन्स्टाग्राममा थुप्रै भेटिन्थ्यो । तर, अहिले सृष्टिको इन्स्टाग्राममा सौगातसँगका कुनै पनि तस्बिर छैन ।

फिल्म ‘राधा’ रिलिजसम्म पनि सौगात र सृष्टि प्रेममै थिए । सृष्टिको इन्स्टाग्राम सौगातसँगका तस्बिरले भरिएको थियो । अहिले भने एक पनि तस्बिर नहुनुलाई यी दुईबीचको सम्बन्धमा खटपट आएको बुझ्न सकिन्छ ।

सम्बन्धित खवर