ऐश्वर्या राय स्टारर ‘पोन्नियन सेल्वन २’ को ट्रेलर : चोल साम्राज्यविरुद्ध षड्यन्त्रको कथा - Crazysaptahik.com

ऐश्वर्या राय स्टारर ‘पोन्नियन सेल्वन २’ को ट्रेलर : चोल साम्राज्यविरुद्ध षड्यन्त्रको कथा

मणिरत्नम निर्देशित प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पोन्नियन सेल्वन २’को ट्रेलर सार्वजनिक भएको छ । गएराति चेन्नईमा आयोजित एक भव्य समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो ।

चोला साम्राज्यको कथावस्तुमा आधारित यो फिल्मको पहिलो भाग हिट भएको थियो ।दोस्रो श्रृंखलामा नन्दिनीको भूमिकामा देखिएकी ऐश्वर्या रायको पात्रको संघर्ष चोल साम्राज्यलाई नष्ट गर्न उनले गरेको षड्यन्त्रको कथावस्तुमा आधारित छ ।

के चियान विक्रम नन्दिनीको भूमिकामा देखिएकी ऐश्वर्याको षड्यन्त्रलाई रोक्न सक्लान् ? दोस्रो श्रृंखलाको कथावस्तु यसमा केन्द्रित हुनेछ । फिल्ममा तृष्णा कृष्णन, शोभिता धुलिपाला, जयम रवि, ऐश्वर्य लक्ष्मी लगायतको समेत अभिनय छ ।

यो फिल्म हिन्दी, तमिल, तेलुगू, मलायलम र कन्नड गरी पाँच भाषामा रिलिज हुनेछ । २५० करोड भारुमा बनेको यो फिल्म अप्रिल २८ मा रिलिज हुँदैछ । फिल्मको अघिल्लो भागले विश्व बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।

सम्बन्धित खवर