सुरक्षा पन्तको ‘बुलाकी’ ट्रेलर : कर्णालीकी निःसन्तान महिलाको कथा - Crazysaptahik.com

सुरक्षा पन्तको ‘बुलाकी’ ट्रेलर : कर्णालीकी निःसन्तान महिलाको कथा

सुरक्षा पन्त स्टारर सोसल ड्रामा ‘बुलाकी’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य महिला पात्र अकै पुरुषसँग विवाह गरेर हिंडेपछिको कथावस्तु वरपर फिल्म घुमेको छ ।

ट्रेलर अनुसार समग्रमा यो बदलाको कथा हो । पत्नी अर्कै पुरुषसँग हिंडेपछि जारसँग पतिले लिन खोजेको बदला र पत्नीले त्यसपछि लिने निर्णयसँगै ट्रेलर टुंगिएको छ ।‘बुलाकी’को ट्रेलरले गत साता रिलिज भएको दयाहाङ राई स्टारर ‘जारी’को याद गराउँछ ।

दुवै फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वमा समानता देखिएको छ । दुवै फिल्म एकै मितिमा प्रदर्शनको तयारीमा छन् । बिहीबार काठमाडौंमा आयोजित समारोहमा ‘बुलाकी’को ट्रेलर रिलिज गरियो । उक्त समारोहमा कलाकार, निर्देशक, निर्माता उपस्थित रहे ।

फिल्मको शीर्ष भूमिकामा पन्तसहित नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, प्रकाश कँडेल लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ । कर्णालीको परिवेश, आञ्चलिकता र भूगोलमा छायांकन गरिएको फिल्मले स्थानीय महिलाको यथार्थलाई चित्रण गर्ने प्रयत्न गरेको छ । लक्ष्मण सुनार निर्देशित फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् ।

सम्बन्धित खवर