हलमा लागे लभस्टोरी ‘प्रेमा’, चोरको कथा ‘डनजेन्स’ र बदलाको ‘दसरा’ - Crazysaptahik.com

हलमा लागे लभस्टोरी ‘प्रेमा’, चोरको कथा ‘डनजेन्स’ र बदलाको ‘दसरा’

रामनवमीको अवसरमा बिहीबार अजय देवगण र तब्बु स्टारर एक्सन ड्रामा भोला रिलिज भएको नेपालका हलमा शुक्रबार तीन फिल्म प्रदर्शनमा आएका छन् । जसमा नेपाली फिल्म प्रेमा, हलिउडको ‘डनजेन्स एण्ड ड्रागन्स :अनर एमङ थिभ्स’ र दक्षिण भारतीय फिल्म ‘दसरा’ छन् ।

गोविन्दसिंह भण्डारी निर्देशित १ घण्टा ५७ मिनेट लामो फिल्म ‘प्रेमा’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ । अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्मलाई लभस्टोरी र ड्रामा जनरामा राखिएको छ ।

‘डनजेन्स एण्ड ड्रागन्स : अनर एमङ थिभ्स’लाई एक्सन, एड्भेन्चर र फेन्टासी जनरामा राखिएको छ । २ घण्टा १४ मिनेट लामो फिल्ममा क्रिस पाइन, मिसेल रोड्रिग्युज, रेजे जिन पेग, जस्टिस स्मिथको शीर्ष भूमिका छ ।

यो फिल्मको कथावस्तु एक चोर र साहसीहरूको समूह हराएको अवशेष पुनः प्राप्त गर्न गरिने खोजमा आधारित छ । तिनीहरू गलत मानिसको पछि लाग्दा हरेक कुरा कसरी बिग्रिन्छ भन्ने विषयवस्तु फिल्ममा छ ।

श्रीकान्त ओडेल निर्देशित २ घण्टा ३९ मिनेट लामो दक्षिण भारतीय फिल्म दसरालाई एक्सन, एड्भेन्चर र ड्रामा जनरामा राखिएको छ । कथानुसार दसरा भारत तेलंगनाको गोदावरीखानी नजिकैको सिंगरेनी कोइला खानीको पृष्ठभूमिमा आधारित छ ।

धारणी (नानी), एक डरपोक व्यक्ति हुन्छ, जसले गुडिरहेको रेलबाट कोइला चोर्छ र पैसा कमाउन प्रयोग गर्छ । धरानीको टोलीले क्रिकेट खेल जितिसकेपछि स्थिति बिग्रिन्छ, जसकारण ऊ चुनाव लड्दा उसको साथीको हत्या हुन्छ ।

कथाको जडबाट हत्यारा पत्ता लगाउन धरानी सफल हुन्छ ।नेपाली फिल्म छक्कापञ्जा ४ पनि हलमा चलिरहेको छ । दर्शकलाई यो साता विभिन्न जनराका फिल्म हेर्ने विकल्प उपलब्ध छ ।

सम्बन्धित खवर