रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो : मनिषा कोइराला - Crazysaptahik.com

रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो : मनिषा कोइराला

अभिनेत्री मनिषा कोइरालाले हालैको एक अन्तर्वार्तामा रजनीकान्त स्टारर सन् २००२ मा रिलिज भएको फिल्म ‘बाबा’ फ्लप भएपछि दक्षिण भारतीय फिल्म उद्योगमा आफ्नो करिअर समाप्त भएको बताएकी छन् ।

यो एक्सन फिल्ममा उनले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । ओटु इण्डिया नामक एक युट्युब च्यानलसँग कुरा गर्दै उनले भनिन्, ‘बाबा सायद मेरो अन्तिम ठूलो तमिल फिल्म थियो ।

त्यतिबेला यो निकै नराम्रोसँग फ्लप भयो, त्यसैले मलाई लाग्यो कि साउथ फिल्ममा मेरो करिअर पूरै सकिएको छ र ठ्याक्कै त्यस्तै भयो ।’ मनिषाले अगाडि भनिन्, ‘बाबा रिलिज हुनुअघि साउथका धेरै फिल्म गरिरहेकी थिएँ तर बाबाको बक्स अफिस संकटपछि मलाई फिल्मको अफर कम आउन थाल्यो ।

बिस्तारै अफर आउन बन्द भयो । जब बाबा बक्स अफिसमा पुनः रिलिज भयो, त्यो हिट साबित भयो । किनभने, रजनी सरका फिल्महरू यसरी कहिल्यै फ्लप हुन सक्दैनन् । उहाँ सधैं आफ्नो काममा धेरै सक्रिय हुनुहुन्छ ।’

बाबालाई गत वर्ष रजनीकान्तको जन्मदिनको अवसरमा रिलिज गरिएको थियो । फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । रजनीकान्तका लागि बाबा फिल्म निकै महत्वपूर्ण थियो तर सुरुमा यो फिल्मले फ्यानलाई खासै प्रभावित गर्न सकेन ।

रजनीकान्त बाबाका मुख्य अभिनेता मात्र नभई यसका निर्देशक र पटकथा लेखक पनि थिए ।फिल्मको कथा एक युवकको वरिपरि घुम्छ जो नास्तिक हुन्छ । ऊ हिमालयी सन्तको पुनर्जन्म भएको खुलासा पछि हुन्छ ।

मनिषाको पछिल्लो फिल्म ‘शहजादा’ पनि बक्स अफिसमा असफल रह्यो । रणवीर कपुर स्टारर सञ्जु उनको हिट फिल्म थियो । मनिषाले हालै सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा अभिनय गरेकी छन् ।

सम्बन्धित खवर