क्रेजी समाचारदाता
बेलबारी । मोफसलमा गायन क्षेत्रमा रहेका प्रतिभाहरूको खोजी गरी प्रवद्र्धन गर्न श्रष्टा समाज बेलबारीले सुर सप्तक बेलबारी आइडल गर्ने भएको छ ।
आयोजकले शुक्रबार मोरङको लालभित्तीमा पत्रकार सम्मेलन गरी आइडलबारे जानकारी गराएको थियो । बेलबारी आइडलको छनौट चरण तीन स्थानमा वैशाख १८ र २१ गते गर्ने कार्यक्रम संयोजक जेवी थुलुङले जानकारी दिए । छनौट चरण पश्चात उनीहरूलाई एक महिनाको संगीत प्रशिक्षण दिएर फाइनल राउन्डमा सहभागी गराइने जनाइएको छ । ‘आउ गाउँ र पहिचान बनाउँ’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको बेलबारी आइडल बेलबारीको प्रथम कार्यक्रम हो ।