मिस नेवा कोशीको दोस्रो अडिसन - Crazysaptahik.com

मिस नेवा कोशीको दोस्रो अडिसन

क्रेजी साप्ताहिक
धरान । मिस नेवाः कोशीको दोस्रो अडिसन धरानमा भएको छ । प्रदेश १ का मुख्य सहरहरुमा अडिसन सुरु गरिएको हो । गत वर्ष विराटनगरमा मात्र केन्द्रित अडिसनलाई प्रदेश–१ का प्रमुख सहरमा पु¥याउने हेतुका साथ अगाडि बढेको आयोजक मञ्जिना मुभिज प्रा.लि.का प्रबन्ध निर्देशक जतिन ताम्राकारले भने ‘नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गरिएको हो ।

निर्देशक रविन श्रेष्ठ, नेवा एकता समाजका संस्थापक उपाध्यक्ष महेश श्रेष्ठ, नेपाल जेसीजकी महासचिव आयुष्मा शाक्य, मिस पूर्वाञ्चलकी फष्ट रनरअप सिम्रन श्रेष्ठले अडिसनको निर्णायकको भूमिका निभाएका थिए । अडिसनमा १२ जनाभन्दा बढी युवती प्रतिस्पर्धामा उत्रिएका थिए । एसइईदेखि स्नातकसम्म अध्ययन गरेका युवती प्रतिस्पर्धामा उत्रिएका थिए ।

मिस नेवाको विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बीमासहितका आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । यस्तैगरी म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पनि विजेताले प्राप्त गर्ने आयोजकले बताएको छ ।

सम्बन्धित खवर