किरण खेरलाई ब्लड क्यान्सर - Crazysaptahik.com

किरण खेरलाई ब्लड क्यान्सर

बलिउडकी सफल कलाकार तथा चन्डीगढबाट भारतीय जनता पार्टीकी सांसद बनेकी किरण खेर मायलोमा नामक रोगबाट ग्रसित भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो एक प्रकारको ब्लड क्यान्सर हो ।

उनको यतिबेला मुम्बइमा उपचार भैरहेको र उनी निको हुँदै गएको भारतीय संचार माध्यमले जनाएका छन् । भाजपाका चन्डीगढ अध्यक्ष अरुण सुदले मिडियासँग कुरा गर्दै यो कुराको जानकारी दिएका हुन् । किरणलाई ब्लड क्यान्सर भएको गतबर्षको नोभेम्बरमा पत्ता लागेको थियो ।

अरुणले मिडियासँग भने–‘गतबर्षको नोभेम्बर ११ तारिखमा किरणको हात घरमै भाच्चिएको थियो । उनले, चन्डीगढको एक अस्पतालमा उपचार गराएकी थिइन् । सोही समयमा उनीलाई मल्टिपल मायलोमा नामक रोग रहेको पत्ता लागेको थियो ।

उनको दायाँ हातदेखि बायाँ हातसम्म यो रोग फैलिएको छ । ४ डिसेम्बरमा उनलाई मुम्बई ल्याइएको थियो । उनी, निरन्तर कोकिलाबेन अस्पतालमा उपचार गराइरहेकी छिन् ।

बलिउडमा सन् १९८८ मा ‘पेस्तोजी’ नामक चलचित्रबाट डेब्यू गरेकी किरणले यसपछि ‘सरदारी बेगम, देवदास, वीर जारा, ओम शान्ती ओम, खुबसुरत’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।

सम्बन्धित खवर