सौतिनी छोरी सहित माल्दिभ्समा दियले मनाईन हनिमुन ! - Crazysaptahik.com

सौतिनी छोरी सहित माल्दिभ्समा दियले मनाईन हनिमुन !

बलिउड । नायिका दिया मिर्जा १५ फेब्रुअरीमा विवाह बन्धनमा बाँधिएकी हुन् । नजिकका आफन्त र साथीभाइको मात्र उपस्थितीमा उनले विहे गरेको थिइन् । उनले बैभव रेखीसँग विवाह गरेकी हुन् । बैभवको पनि पहिलो विवाह सफल हुन सकेन ।

उनले योगा र जीवनशैलीको गुरु सुनैना रेखीसँग विवाह गरेका थिए । दियासँग निकट भएपछि बैभवको सम्बन्ध बिच्छेद भएको बताइन्छ । दिया मिर्जा आफ्ना श्रीमान् वैभव रेखीसँग आजकाल मालदिभ्समा हनिमून मनाइरहेकी छिन् ।

उनीहरुसँग वैभव रेखीकी छोरी समायरा पनि छिन् । हालै दियाले माल्दिभ्समा सौतेनी छोरी समायरासँग खिचिएको एउटा फोटो सोसल मिडियामा सेयर गरेकी छिन् । यो फोटोमा थुप्रै मानिसहरुले विभिन्न प्रकारको प्रतिक्रिया दिएका छन् । सेयर गरिएको फोटोमा दियाले छोरी समायरासँग पोज दिइरहेको देख्न सकिन्छ ।

फोटोमा दियाले सेतो रङको ड्रेस लगाएकी छिन् । साथै समायराले कालो रङको प्रिन्टेड ड्रेस लगाएकी छिन् । फोटो सेयर गर्दै यसको क्रेडिट श्रीमान् वैभव रेखीलाई दिएकी छिन् । दियाका प्रशंसकलाई यो फोटो निकै मन परिरहेको छ ।

साथै हनिमूनमा समायरालाई सँगै लिएर गएकोमा दियाको निकै तारिफ पनि गरिरहेका छन् । एउटा प्रशंसकले कमेन्टमा लेखेका छन्, ‘तपाईंजस्तो अरु कोही हुन सक्दैन । हेर्नुहोस तस्बिरहरु :

सम्बन्धित खवर