चर्चित गायक बप्पी लहरी कोरोना संक्रमित - Crazysaptahik.com

चर्चित गायक बप्पी लहरी कोरोना संक्रमित

बलिउडको चर्चित गायक बप्पी लहरी कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमणका कारण अहिले उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । बप्पीको बिषयमा यो जानकारी उनकी छोरी रीमा लहरीले दिएकी हुन् ।

‘बप्पी दाले निकै सावधानी अपनाएका थिए । तै पनि उनमा कोविड १९को हल्का लक्षय पाइएको छ,’ रीमाले अगाडि भनेकी छन् ‘उनी अहिले ब्रीच क्यान्डी अस्पतालमा डाक्टरको निगरानीमा रहेका छन् । उनी छिट्टै निको भएर घर फर्किनेछन् । शुभकामना र सुभेच्क्षाका लागि धन्यवाद ।’

बलिउडमा रणबीर कपुर, वरुण धवन, संजय लीला भंसाली, कार्ति आर्यन, आमिर खानलगायत थुप्रै स्टार्स कोरोना संक्रमित भैसकेका छन् ।
गीतसंगीतको कुरा गर्ने हो भने बप्पीले निकै सुपरहिट गीत दिएका छन् ।

जसमा ‘सुपर डान्सर’, ‘बम्बे से आया मेरा दोस्त’, ‘ऐसे जीना भी क्या जीना है’, ‘प्यार चाहिए मुझे जीने के लिए’, ‘रात बाकी’, ‘यार बिना चैन कहाँ रे’ लगायत रहका छन् ।

सम्बन्धित खवर