बलिउड नायिका दिया मिर्जाले सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक गरिन् । उनको वेवी वम्प देखिएको तस्बिर सार्वजनिक भएपछि अहिले उनको आलोचना भइरहेको छ । १५ फेब्रुअरीमा विवाह गरेकी दियाले सामाजिक सञ्जालमा बधाई खाइरहेकी थिइन् ।
तर यहि तस्बिरका कारण अचानक उनी आलोचनाको शि कार भएकी छन् । उनलाई विवाह अघि नै गर्भवती भएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरिएको हो । केही समय अघि मात्र उनले नजिकका आफन्त र साथीभाइको मात्र उपस्थितीमा उनले विहे गरेको थिइन् ।
उनले बैभव रेखीसँग विवाह गरेकी हुन् । बैभवको पनि पहिलो विवाह सफल हुन सकेन । उनले योगा र जीवनशैलीको गुरु सुनैना रेखीसँग विवाह गरेका थिए । दियासँग निकट भएपछि बैभवको सम्बन्ध बिच्छेद भएको बताइन्छ ।
विवाह पछि दिया मिर्जा आफ्ना श्रीमान् वैभव रेखीसँग आजकाल मालदिभ्समा हनिमून मनाइरहेकी छिन् । एप्रिल फस्टमा उनले आफु गर्भवती भएको खुलासा गर्दै एउटा फोटो शेयर गरेको छिन् ।
चार तिर बाट प्रशंशा बटुलिरहेकी दिया अहिले आलोचनाको शिकार खेप्न बाध्य भएकी छिन् । उनले भारतको संस्कार भन्दा माथी गएर विवाह अगाडी नै गर्भवती भएको भन्दै गाली खाइरहेकी छिन् । तर उनको त्यो पोष्ट एप्रिल फुलको लागि मात्र हो कि ?