बलिउड अभिनेत्री तथा मोडल राखी सावन्तलाई एक फ्यानले महँगो मोवाइल फोन उपहार दिएका छन् । उक्त फोन पाएर उनी निकै खुसी छन् । जुन खुसी उनले इस्टाग्राम एकाउन्टबाट भिडियोसहित शेयर गरेकी छन् । फ्यानले गिफ्ट गरेको मोवाइल फोनको मूल्य ‘भारु’ डेढ लाख रुपैयाँको रहेको छ ।
गिफ्ट खोल्दा उनी निकै एक्साइटेट समेत देखिएकी छन् । गिफ्ट खोलेपछि उनले भनेकी छन् ‘यति ठुलो फोन कसरी हुन्छ ? ।’ उनीलाई उक्त गिफ्ट एक बच्चीले दिएकी हुन् । गिफ्ट खोलेपछि उनले उनको ती बच्चीको गालामा चुम्बन समेत गरेकी छन् ।
राखीको यो भिडियो इन्टरनेटमा भाइरल भएको छ । फ्यानले राखीलाई नयाँ फोनका लागि बधाई समेत दिएका छन् । हमेशा चर्चामा रहने अभिनेत्री राखी ‘बिग बास १४’ मा समेत देखिएकी थिइन् । यो सोमा सबैको मन जित्न सफल उनको शोका कारणले फ्यान फ्लोइङ समेत बढेको थियो ।