सहकारी ऐन र नियमावली सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न - Crazysaptahik.com

सहकारी ऐन र नियमावली सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

क्रेजी साप्ताहिक
पथरी शनिश्चरे
। मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सहकारी संस्थाका लागि सहकारी ऐन र नियमावली सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम .सोमबार सम्पन्न गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईले सहकारीहरुसँग अन्तरक्रिया अघि बढाएर सहकारी व्यवस्थापनमा नगरले सहयोग पुर्याउने बताउनु भयो । सो अवसरमा नगरका उपसचिव शालिग्राम काफ्लेले पनि मन्तव्य व्यक्त गर्नुभयो ।

प्रदेश सहकारी रजिष्टारको कार्यालयका अधिकृत ढुण्डीराज दहालले कार्यक्रमको सहजिकरण गर्दै सहकारी ऐन, नियम तथा सहकारी एकिकरण कार्यविधिका बारेमा प्रष्ट्याउनु भयो ।

कार्यक्रममा नगरमा सहकारी व्यवस्थापनमा थप काम गर्नुपर्ने आवश्यकता देखिएका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारी सहभागि गराइएको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले जनाउनु भयो । शाखाले नगरका सहकारीलाई कानूनी रुपमा समेत व्यवस्थित गर्ने सन्देशका साथ संस्थाहरुको अवलोकन तथा अनुगमन गर्दै आएको छ ।

सम्बन्धित खवर