धिमाल समुदायको सचेतनाका लागि २ दिने अभिमुखिकरण तलिम - Crazysaptahik.com

धिमाल समुदायको सचेतनाका लागि २ दिने अभिमुखिकरण तलिम

क्रेजी संवाददाता
पथरी। पहिलो जाति धिमाल समुदाय पथरी शनिश्चरेको आयोजनामा २ दिने सचेतना मुलक अभिमूखिकरण कार्यक्रमको अद्घाटन भएको छ । शनिबार पथरी शनिश्चरे ६ मा स्थित धिमाल महाराज थानमा कार्यक्रमको उद्घाटन भएको हो ।

कार्यक्रममा आदिवासी जनजातिहरुको अधिकार, लैंङ्गिक हिंसा र उद्यधमशीलता सम्बन्धी प्रशिक्षक मिना धिमालले सहजिकरण गर्नुहुने छ ।

कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका नगर प्रमुख मोहन तुम्बापो, विशिष्ठ अतिथि धिमाल जाति विकास केन्द्रका केन्द्रीय महासचिव मात्रीका धिमाल, केन्द्रीय सदस्य रोमान्सी धिमाल ,नगर कमिटि उपाध्यक्ष गंगा धिमाल, नगर कमिटि सल्लाहाकार इन्द्रबहादुर धिमाल, वडा नम्बर ६ का वडाध्यक्ष कृणबहादुर बस्नेत, स्थानिय समाजसेवी बद्रि निरौला लागयतको उपस्तिथि रहेको थियो ।

पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा नगर भरिका १३ वटा टोट समिति बाट ६५ जना सहभागिले सहभगिता जनाउने कुरा कार्यक्रमका सभापति एवम् समुदायका नगर कमिटि अध्यक्ष भुवन धिमालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर